+
+

सरकारलाई ओलीको चेतावनी : ०१७ साल हेरे हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १७:३५

५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अप्ठेरो परेका बेला सरकारले जनताको साथ नपाउने चेतावनी दिएका छन् ।

मंगलबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रममा उनले सरकारलाई २०१७ सालमा पञ्चायती व्यवस्था सुरुवात हुँदाको अवस्था स्मरण गर्न आग्रह गरे ।

‘जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छ । …जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने प्रतिवाद गर्नुपरेन ?’ उनले भने, ‘जनता भोलि प्रतिवादमा निस्कन्छ वा अप्ठेरो र प्रतिकुल परिस्थिति पर्‍यो भने सरकारले साथ पाउँदैन । सबै चुप लागेर मुकदर्शक भएर बस्छन्, सत्र साल हेरे हुन्छ ।’

२०१७ सालमा नेपाली कांग्रेसको दुई तिहाइको सरकार र संसद राजाले अपदस्त गर्दा पनि कोही नबोलेको र ३० वर्षसम्म पञ्चायती शासन चलेको ओलीले बताए ।

अध्यक्ष ओलीले लोकतन्त्र केही मानिसलाई शासनमा पुर्‍याउने र जनता छक्पाउने प्रणाली नभएको बताए । सरकारले जनताको अधिकारको सुरक्षा गर्नुपर्नेमा जनतालाई दुख दिइरहेको पनि उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?