+
+

वाम-लोकतान्त्रिक गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने सोच छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १३:२१
फाइल तस्वीर

६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने सोच रहेको बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री सहाना प्रधानको सातौं स्मृतिमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आगामी चुनावपछि पनि वाम-लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउने सोच रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘पाँच दल मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनाएका छौं । यो सरकार आगामी चुनावसम्म सहकार्यका साथ अगाडि बढ्ने छ । त्योभन्दा अगाडिसम्म पनि बढाएर लैजाने हाम्रो सोच रहेको छ ।’

नेता नेपालले वर्तमान सरकारमा छिट्टै सहभागी हुने पनि बताए । प्रदेश एक र बागमती प्रदेशमा सरकार बनाउने पनि उनले दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?