+
+

नबिल दिगो बैंकिङबारे अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १३:३०

काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ-वुमन लिडरसिप फोरम (सीएनआई–डब्ल्यूएलएफ) ले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताका लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रमको सुरुवात गर्दै सीएनआई–डब्ल्यूएलएफकी संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गरिन् । संयोजक शर्माले यस्तो खालको कार्यक्रमले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

संयोजक शर्माले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडि बढाउन सुझाव दिइन् ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्‍याउने लक्ष्य रहेको बताए ।

सीएनआई–डब्ल्यूएलएफकी सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पुर्‍याउन सहयो पुग्ने र आगामी दिनमा यसलाई अझ बढाउँदै लगिने बताइन् ।

नबिल दिगो बैंकिङ कार्यक्रमका प्रबन्धक लिला प्रसाद ओझाले नबिल किसान कर्जा र साना तथा मझौला कर्जा/लघुवित्त विभागका प्रमुख निरजकुमार बस्नेत डनिलले साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाको बारेमा प्रकाश पारेका थिए ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सयुंक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?