+
+

परराष्ट्रमन्त्री डा.नारायण खड्का आज साँझ न्यूयोर्क जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १६:५०

६ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का कार्यभार सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ न्यूयोर्क जाँदैछन्।

संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा. खड्काको टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, उच्च सरकारी अधिकारीहरु र राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमित बहादुर राई लगायत रहने मन्त्रालयले जनाएको छ ।

उनले महासभालाई नेपालको तर्फबाट २५ सेप्टेम्बरमा सम्बोधन पनि गर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसंघको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?