+
+

कुन्साङसँग रोमान्स गर्दै सिम्रन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १९:०२

मोडल कुन्साङ बोम्जनले म्युजिक भिडियो बजारमा पकड बनाउँदै लगेका छन् । उनले काम गरेका भिडियोहरु एकपछि अर्को रुपमा सार्वजनिक मात्र भएका छैनन्, उनको माग पनि बढेको छ ।

यसैविच, गायक देब्स राई र गायिका कल्पना प्राङ्देन राइको स्वरमा समावेश ‘केवल तिमी भित्रै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । साधना कुलुङको शब्द रहेको गीतमा चन्द्र श्रेष्ठको संगीत छ । कुलेखानीमा छायांकन गरिएको यो भिडियोमा कुन्साङ बोम्जन र सिम्रन पन्तको अभिनय छ ।

मनी के राइको कोरियोेग्राफी रहेको भिडियोमा विनिरजरा राइको छायांकन र सम्पादन छ । चक्र पुलामीको यो भिडियोमा निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?