+
+

बाइडेनको झुट : ‘अमेरिका नयाँ शीतयुद्ध चाहन्न’

एन्ड्रु कोरिब्को एन्ड्रु कोरिब्को
२०७८ असोज ६ गते १९:२५

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा विभिन्न विषयबारे चर्चा गरे । उनले जलवायु परिवर्तन र कोभिड-१९ विरुद्धका अन्तर्राष्ट्रिय प्रयासप्रति अमेरिका प्रतिबद्ध रहेको बताए र यसो भनेकोमा उनको तारिफ गर्नुपर्छ ।

यी दुई मुद्दाको हकमा उनले निकै राम्रो ‘मार्क’ पनि पाए । तर दुर्भाग्यवश, अमेरिकाले नयाँ शीतयुद्ध चाहन्न भनेर उनले सबैलाई ढाँटे र उनको पाएको सबै तारिफ माटोमा मिल्न पुग्यो । वास्तविकता के हो भने अमेरिकाले चीनसँग यसअघिदेखि नै शीतयुद्ध गरिरहेको छ र चीनविरुद्ध व्यापक प्रकृतिको मिश्रित युद्ध (hybrid warfare) गर्नु यसको प्रमुख विशेषता हो ।

अमेरिकाले जस्तै शान्तिपूर्ण अभिप्राय राख्ने कुनै पनि मुलुकसँग आफूहरूले सहकार्य गर्ने बाइडेनको दाबी थियो । तर चीनको हकमा यो दाबी सही छैन । बाइडेनले आक्रामक रूपमा विभिन्न खाले आर्थिक एवं सैन्य माध्यम (सूचना/प्रचारका माध्यम समेत) मार्फत् चीनलाई नियन्त्रण गर्ने प्रयास मात्रै गरेका छैनन्, उसको आन्तरिक मामिलामा समेत हस्तक्षेप गरिरहेका छन् ।

बाइडेनले सिन्जियाङ उइगुर स्वशासित क्षेत्रमा आतंकवादविरुद्ध र अतिवाद रोकथामका लागि अपनाइएका विधि (counterterrorism and deradicalizastion measures) लाई लिएर चीनमाथि हमला गरे र उनले विश्वमञ्चलाई दुरूपयोग गरेर यस (आन्तरिक मामिलामा हस्तक्षेप) को एउटा प्रस्ट प्रमाण दिएका छन् ।

उनका अनुसार यी विधिले अल्पसंख्यकको ‘उत्पीडन’लाई प्रतनिधित्व गर्छन् । उनले आफ्नो सम्बोधनमा चेतावनीसहित दुईपटक संकेत गर्दै विशेषगरी अल्पसंख्यकलाई दमन गर्न उदयीमान प्रविधि प्रयोग भइरहेको बताएका थिए ।

यी दुई मुद्दाको हकमा उनले निकै राम्रो ‘मार्क’ पनि पाए । तर दुर्भाग्यवश, अमेरिकाले नयाँ शीतयुद्ध चाहन्न भनेर उनले सबैलाई ढाँटे र उनको पाएको सबै तारिफ माटोमा मिल्न पुग्यो ।

अमेरिकाले कैयौं वर्षदेखि चीनमाथि यस खाले (कार्य गरेको) आरोप लगाउँदै आएको छ । हरेक पटक चीनले आफ्नो श्रेष्ठ प्रविधि प्रयोग गरी अल्पसंख्यकको दमन/उत्पीडन गरेको एउटा सानो प्रमाण समेत पेश नगरिकनै लगाइने यो आरोप सही छैन । तथापि, यो विषय मूलधारका मिडियाका लागि चीनको छबि बिगार्ने प्रमुख संकथन बन्दै आएको छ ।

साथै, अमेरिकाले विश्वलाई प्रतिस्पर्धी ध्रुवमा विभाजित गर्न नचाहेको भन्ने बाइडेनको भनाई पाखण्डपूर्ण देखिन्छ । किनभने क्वाड र अकुस नामक हालैको नयाँ गठबन्धनमार्फत् अमेरिकाले यही कुरा गरिरहेको छ ।

यति मात्रै होइन । अमेरिकाले आफ्ना साझेदारलाई चीनसँगको आपसी सहकार्य तोड्न दबाब दिइरहेको छ । विशेषगरी फाइभ-जी प्रविधि जस्ता परियोजना र व्यापार तथा लगानी सम्झौतालाई लिएर दबाब दिँदै आएको छ । यी विकासक्रमले विपरीत ध्रुबमा आधारित मानसिकतालाई झल्काउँछन् । तर, यस्तो मानसिकताको विरोध गर्ने भनेर बाइडेनले झूठ बोले ।

यसबाहेक, बाइडेनले सम्बोधनका क्रममा ‘बिल्ड ब्याक बेटर वर्ल्ड’ (B3W) लाई चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) को एकमात्रै विकल्प भने । उनले बीआरआईमाथि सिधै हमला गरेका थिएनन् । तर ग्लोबल साउथ (ल्याटिन अमेरिका, एसिया, अफ्रिका र ओसिनिया) का मुलुक र त्यहाँको भ्रष्टाचारलाई सघाउने ‘न्यून गुणस्तरीय’ पूर्वाधार परियोजना भन्ने उनको टिप्पणीलाई आलोचनाको रूपमा बुझ्न सकिन्छ ।

र, यसबारे उनले इंगित गरेका हरेक कुरा सबैभन्दा चिन्ताजनक छन् । किनभने यसबाट (बाइडेनको आशयबाट) चीनविरुद्ध जारी अमेरिकी ‘हाइब्रिड वार’ले अभूतपूर्व तीव्रता पाएको संकेत मिल्छ ।

अमेरिकी राष्ट्रपतिले विश्वभरका भ्रष्टाचारविरोधी प्रदर्शनकारीको मागप्रति उत्तर दिनुपर्ने आफ्नो मुलुकको कर्तव्य भएको पनि प्रस्टसँग बताए । उनीहरूलाई अमेरिकाले सधैं समर्थन गर्ने र अमेरिकी साझेदारको रूपमा हेरिने उनको भनाइ थियो । तर आफ्ना माग अनुसार नचल्ने सरकारविरुद्ध रंगिन क्रान्ति (color revolution) गर्ने अमेरिकी इतिहास हेर्दा यो कुरा निकै घातक देखिन्छ ।

अन्तिममा उनले विश्वभर ‘लोकतन्त्र’ र ‘निरंकुशता’ बीच टकराव रहेको भन्दै आफ्नो कार्यकालको विदेश नीतिसम्बन्धी मन्त्र दोहोर्‍याउँदै सम्बोधन टुंग्याए ।
यो भनाइले चीनविरुद्ध अमेरिकाले गरिरहेको र विस्तारै सबैका सामु देखिन थालेको नयाँ शीतयुद्धमा एउटा त्रुटिरहित/प्रस्ट वैचारिक आयाम थपेको छ ।

चिनियाँ स्वार्थसँग अधिकांश विश्वको स्वार्थ जोडिएको हुनाले पनि नयाँ शीतयुद्धलाई चीनविरुद्धको शीतयुद्ध मात्रै मान्न सकिँदैन । विशेषत: ग्लोबल साउथको स्वार्थ जहाँका अधिकांश सरकारलाई अमेरिकाले ‘अधिनायकवादी’ ठान्ने गर्छ ।

बाइडेनले चीनविरुद्ध जारी अमेरिकी ‘हाइब्रिड वार’ ढाकछोप पर्नका लागि नयाँ शीतयुद्ध नचाहेको भनेर झूठ बोलेका हुन् र यसको उद्देश्य बीआरईलाई बि३डब्लुले प्रतिस्थापन गर्ने हो । । बि३डब्लु विफल हुने निश्चित छ तर यसबाट आजको निकै संवेदनशील क्षणमा अन्तर्राष्ट्रिय प्रणाली थप अस्थिर हुने जोखिम पनि उत्तिकै छ ।

अमेरिकाले प्रचार/सूचना युद्धमार्फत् चीन र उसका साझेदारलाई भ्रष्टाचारविरोधी र मानवीय बहाना देखाउँदै राजनीतिक दबाब दिन र उनीहरूबाट आर्थिक, सैन्य र रणनीतिक सहुलियत लिन चाहन्छ । यो नयाँ शीतयुद्धको सबैभन्दा पहिलो चरण हो/सबैभन्दा आधारभूत चरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?