+
+

कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने उद्योगी खगेश्वर बोहराको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १३:०६

७ असोज, धनगढी। उद्योगी तथा व्यवसायी खगेश्वर बोहराले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-४ महेन्द्रनगरमा स्थायी बसोबास गर्दै आएका उद्योगी बोहराले १४ औँ महाधिवेशनमा महाधिवेन प्रतिनिधिमा उम्मेदवारी दिने रहने घोषणा गरेका हुन् ।

बुधबार साँझ महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोहराले करीब चार दशकदेखि कांग्रेससँग निकट भएर काम गर्दै आएको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने जानकारी दिए ।

उनले केन्द्रीय सदस्यमा पनि आफू आकांक्षी भएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?