+
+

प्रचण्डको आरोप : केपी ओली हिन्दू अतिवादी हुन्

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १५:५९

७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दू अतिवादी भएको आरोप लगाएका छन् ।

बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा उनले ओली मार्क्सवादी नभएको जिकिर गरे ।

ओली प्रवृत्तिबारे आफूले तत्कालीन नेकपामा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेको भन्दै प्रचण्डले भने, ‘ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन, माक्सवादी होइन, यो सामन्ती हिन्दू अतिवादी हो, (पशुपतिनाथमा) जलहरी चढाएको त सुन्नुभयो होला । मेरो निर्वाचन क्षेत्रमा राम सीता हनुमान राखिदिएको छ । … कम्युनिस्टले यस्तो काम गर्छ त ?’

ओलीले महान् नेता हुने अवसर गुमाएको पनि प्रचण्डले बताए ।

‘केपीजत्ति वुद्धि नभएको नेता कोही पनि छैन । यति ठूलो अवसर उनलाई थियो, चुप लागेर एकताको बेलामा भएको समझदारी पालना गरेको भए केपी ओली नेपालको इतिहासमा महान् नेता हुने अवसर थियो,’ उनले भने ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुुँदा अध्यक्ष र प्रधानमन्त्री पद ओली र आफूबीच आधा आधा समय बाँड्ने सहमति भएको पनि प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?