+
+

सामसङको ‘फाइभ इन वान’ एसी, यस्ता छन् विशेषता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १५:०५

८ असोज, काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो २०२१ रेन्ज अन्तर्ग ‘कन्भर्टिबल फाइभ इन वान’ एयर कन्डिसनर बजारमा ल्याएको छ । सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्स हेड आलोक गुप्ताका अनुसार ‘कन्भर्टिबल फाइभ इन वान’ मा इन्भर्टर एसीको साथ अयान्टी डस्ट तथा ब्याक्टेरियल प्रोटेक्टरको साथ डिजिटल इन्भर्टर  प्रविधिको प्रयोग गरिएको छ ।

दुई वटा मोडलहरु एउटा वान टन र अर्को १.५ टन क्षमताको लञ्च गरिएको उनले बताए । नयाँ रेन्जको एयर कन्डिसनरले स्वच्छ हावा, कम बिजुली खपत, सहज एवं कस्टमाइज कुलिङ तथा हिटिङ जस्ता मोडहरुले सम्पूर्ण परिवारका आवश्यकताहरुलाई सहजै परिपूर्ति गर्ने उनको भनाइ छ ।

सबै मोडेल्सहरु  आर ३२ ग्यास तथा एयान्टी कोरोसन कपर कन्डेन्सर भएका छन् । यसको कन्टेम्पोररी डिजाइनले गर्दा कोठाको लिभिङ स्पेसलाई थप सौन्दर्य बनाउने विश्वास लिइएको छ । यी एयर कन्डिसन सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध रहेका छन् । नयाँ रेन्जको यो एसीमा सामसङले डिजिटल इन्भर्टर कम्प्रेसरमा १० वर्ष तथा कपर कन्डेन्सर एवम् पीसीबीमा १ वर्षको ड्युरिबिलिटी हुने कम्पनीले बताएको छ ।

जाडो होस् या गर्मी दुबै मौसमका लागि एसी चाहिन्छ । ‘आजभोलि घरबाटै काम गर्ने र पढाइ गर्ने चलन रहदा व्यक्तिहरुका लागि स्वच्छ र सफा हावा अपरिहार्य छ साथै टिकाउ र कम विजुली खपत आजका ग्राहकका प्रमुख प्राथमिकता हुन्’ सामसङ नेपालका इलेक्ट्रोनिक्स हेडगुप्ता भन्छन्, ‘हामीले ग्राहकहरुलाई प्रमुख केन्द्रमा राख्दै उत्पादनहरु प्रस्तुत गर्दै आइरहेका छौंं र हाम्रो नयाँ एसीले स्वास्थ्य तथा स्वच्छतालाई प्राथमिकतामा राखेको छ र यो कन्भर्टिबल फाइभ इन वान, इन्भर्टर एसीले ग्राहकको आवश्यकताअनुसार इनर्जी इफिसियन्सी प्रदान गर्दछ ।’

यो एसीले नेपाली बजारमा आफ्नो स्थान सहजै स्थापित गर्ने विश्वास रहेको पनि उनले सुनाए । उनका अनुसार कन्भर्टिबल फाइभ इन वान, इन्भर्टर एसीले कम विजुली खपत गर्नुको साथै चिसो एवम् सहज बातावरणको सिर्जना गर्छ ।

गुप्ताका अनुसार यसमा भएका प्रतिशत विभिन्न मोडलहरुले ४०प्रतिशत देखि १२० प्रतिशतसम्ममा कोठाको वातावरण अनुकूल कस्टमाइज्ड अपरेसन गर्न सकिने छ । कन्भर्टिबल फाइभ इन वान, इन्भर्टर एसीमा इजी फिल्टर प्लसबाहिर माथि पट्टी राखिएको छ, जसले गर्दा सहजै फिल्टर  झिकेर सफा गर्न सकिन्छ । यसमा भएको यो फिल्टरले  ९९प्रतिशतसम्म हानिकारक ब्याक्टेरिया हटाएर एयर कन्डिसन चुस्त एवम् कम इफोर्टमा सञ्चालन हुन्छ ।

यसमा भएको ४ वे कुलिङ टेक्नोलोजीले कोठाका हरेक कुनासम्म उत्तिकै चिसो बनाउन सक्छ । शीघ्र एवम् सही कुलिङको लागि यो प्रविधि विशेष मानिन्छ ।  यसको कम्प्रेसरमा १० वर्षको वारेन्टि भएको हुँदा कम मर्मत खर्चमा सञ्चालन गर्न सकिने उनले बताए ।

यस एसीमा एन्टि डस्ट तथा ब्याक्टेरिया प्रोटक्टर जस्ता उपकरणहरु राखिएको छ । जसले गर्दा  एसीहरुले अल्ट्रा फाइन डस्ट एवम् भाइरस तथा ब्याक्टेरिया समेतलाई रोकी, स्वच्छ हावा प्रवाह हुन्छ ।  यसको मर्मत खर्च समेत कम हुने उनको भनाइ छ ।

यतिमात्रै होइन ब्याक्टेरिया तथा अन्य भाइसरहरुलाई रोक्ने कन्भर्टिबल फाइभ इन १ मोडहरुमा डिजिटल इन्भर्टर  प्रविधि को प्रयोग गरिएको छ, जसले ४१ प्रतिशतसम्म कम बिजुली खपत गर्ने गुप्ताले बताए । यसमा भएको डिजिटल इन्भर्टर बुस्ट जस्तो सुविधाले आवश्यक टेम्पेरेचर अन अफ नगरी ४१प्रतिशत सम्म इनर्जी बचत गर्नेछ ।

प्रयोगकर्तालाई सहजता

यो एसीमा  इजि फिल्टर प्लस सुविधा पनि राखिएको छ । यसमा भएको यो सुविधाले प्रयोगकर्ता स्वयम्ले यसको फिल्टर सफा गर्न सक्नेछन् । फाइभ इन वान एसी मोडलमा फिल्टर बाहिरै राखिएको छ । जुन प्रयोगकर्ताले आफै निकाले सफा गर्न सकिने उनले बताए ।

यसका अतिरिक्त एसीमा भएको ४ वे स्विङले प्रयोगकर्तालाई थप सहजता प्रदान गरी पूरै कोठामा चार दिशाबाट सही तबरले कुलिङ गर्न सक्दछ ।

यो एसीको सामसङले अत्यन्त सुन्दर तरिकाबाट गरेको छ । यसको डिजाइनले ग्राहकको लाइफस्टाइलसँग मेल खाने गरी सफा एवं पि्रमियम लुक्स देखिन्छ । अेराइज सिरिज स्पोर्ट पि्रमियम सेतो डिजाइनमा छ ।

यसमा अझै ठूलो फ्यान तथा वाइड ब्लेडको प्रयोग गरिएको छ, जसले गर्दा अझै चाँडै कुलिङ हुन सक्छ । ‘त्यसैगरी यसमा भएको अर्को उत्कृष्ट विशेषता स्मार्ट इन्स्टलेसन हो, सेल्फ डाइग्नोसिस फिचरले एसी सही तरिकाबाट इन्टल हुन्छ’ गुप्ताले भने, ‘यसमा भएको टि्रपल प्रोटेक्टर प्लस जस्तो सुविधाले कम्प्रेसरको साथसाथै कन्ट्रोलरलाई सुरक्षा प्रदान गर्दछ ।’

कति पर्छ मूल्य ?

सामसङका कन्भर्टिबल फाइभ इन वान, इन्भर्टर एसीहरु १ टन तथा १.५ टन गरी दुई किसिमका रहेका छन् । इलेक्ट्रोनिक्स हेड गुप्ताका अनुसार यी नयाँ एसीहरुको सुरुवाती मूल्य ८९ हजार ९ सय ९० रुपैयाँदेखि रहेको छ ।

यी एसीहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको आधिकारिक व्यापारिक वितरक नेटवर्कमार्फत् सहजै खरिद गर्न सकिन्छ ।  नेपालभर रहेका  सामसङ स्मार्ट प्लाजाहरुबाट यी एसीहरुको खरिदमा सहज किस्तावन्दीको सुविधा पनि प्रदान गरेको छ ।

ग्राहकले शून्य डाउन पेमेन्टमा खरिद गर्न सक्ने सुविधा पनि प्रदान गरिएको छ । सामसङले एसीहरुमा नेपाल अधिराज्यभर निःशुल्क जडान सुविधा प्रदान गर्ने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?