+
+

आईपीएलमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते २०:०५

९ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गरेको छ । जितपछि दिल्ली चेन्नई सुपर किंग्सलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

युएईमा भइरहेको आईपीएल २०२१ को दोस्रो लेगमा लगातार दोस्रो जितपछि दिल्लीले १० खेलबाट १६ अंक जोडेको छ । दिल्ली प्लेअफ तर्फ समेत अघि बढिरहेको छ । राजस्थान ९ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।

दिल्लीले दिएको १५५ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो । राजस्थानका कप्तान सन्जु सामसनले अविजित रहँदै सर्वाधिक ७० रन बनाए । तर अन्य खेलाडीले राम्रो साथ निदिँदा जितसम्म पुर्‍याउन सकेनन् ।

दिल्लीका एनचिक नोर्किअले २ तथा आभेष खान, अक्सर पटेल, रविचन्द्र आश्विन र कागिसो रबाडवले समान १ विकेट लिए ।

आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । दिल्लीका लागि श्रेयास अयेरले सर्वाधिक ४३ रन बनाउँदा शिमरोन हेतमायरले २८ र कप्तान ऋषभ पन्तले २४ रन जोडे ।

राजस्थानका मुस्ताफिनुर रहमान र चेतन सकारियाले समान २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?