+
+

गरिमाको स्वीकारोक्ति : टिकटक लाइभमा गल्ती भएकै हो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १३:५४

गत असारमा मोडल दुर्गेश थापा र गरिमा शर्माबीचको टिकटक लाइभले निकै चर्चा पायो । टिकटक लाइभमा आएर दुर्गेश र गरिमाले खेलेको खेलको संवाद निकै भाइरल भएको थियो । त्यसपछि दुर्गेश र गरिमा केही समयसम्म विवादमा परे । बिस्तारै यो कुरा सेलाउँदै गयो । त्यसको झण्डै तीन महिनापछि मोडल गरिमा शर्माले त्यसमा आफ्नो गल्ती स्वीकार्दै आगामी दिनमा सतर्क हुने अठोट व्यक्त गरिन् ।

‘मैले सोचेकै थिइन् त्यति सानो कुराले ठूलो रूप लिन्छ भनेर’ शनिबार आफू अभिनित म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा गरिमाले भनिन् ‘आफूलाई ठूलो भैसकेछु भन्ने फिल गरेँ । त्यसलाई मैले आफ्नै गल्ती मानेँ । अर्कोपटकबाट म सतर्क हुन्छ वा त्यसरी लाइभ बस्ने गर्दिन् भन्ने सोचेँ ।’

त्यसयता आफू त्यसरी लाइभमा नबसेको पनि गरिमाले बताइन् । उनले अगाडि भनिन्, ‘टिकटक मेरो कलाकारिता यात्राको जन्मथलो हो । मेरा गीतहरु आउँदा मैले प्रमोसन गर्नुपर्छ । त्यसका लागि लाइभमा बस्छु तर पहिलेको जस्तो कसैसँग ड्वेट गर्ने हिसाबले बस्दिन ।’ ड्वेट लाइभमा आए गीत प्रमोसनकै लागि मात्र आउने गरिमाले बताइन् ।

तस्वीर सौजन्यः विशाल उप्रेती क्षेत्री

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?