+
+

यशराज ब्यानरले गर्यो ४ फिल्मको प्रदर्शन मिति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १४:२७

महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखदेखि हल खोल्न दिने निर्णय गरेसँगै धमाधम बलिउड चलचित्रको प्रदर्शन मिति पनि घोषणा हुन थालेको छ । बलिउडका ठूला मेकर र कम्पनीले प्रतिक्षित चलचित्रहरुको लाइनअप सार्वजनिक गर्न थालेका छन् । निर्देशक रोहित सेट्टीले तिहारमा ‘सूर्यवंशी’ रिलिज गर्ने घोषणा गरिसकेका छन् ।

यसैविच, बलिउडको नम्बर १ चलचित्र निर्माण कम्पनी यशराज ब्यानरले ४ चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको छ । सैफअली खान, रानी मुखर्जी, सिद्धान्त चर्तुवेदी, सरभरीको मुख्य भूमिका रहेको चलचित्र ‘बन्टी और बब्ली २’लाई नोभेम्बर १९ बाट रिलिज गर्ने तयारी यशराजको छ ।

यस्तै, अक्षय कुमार, मानुसी छिल्लर, संजय दत्त र सोनु सुद अभिनित चलचित्र ‘पृथ्वीराज’लाई सन् २०२२ को जनवरी २१ बाट रिलिज गर्ने यशराज ब्यानरले घोषणा गरेको छ । नायक रणवीर सिंह र नायिका सालिनी पाण्डे अभिनित चलचित्र ‘जयश भाई जोरदार’लाई सन् २०२२ को फ्रेबुअरी २५ तारिखबाट रिलिज गर्ने चर्चित ब्यानरको तयारी छ ।

नायकद्धय रणवीर कपुर र संजय दत्तको साथमा नायिका बानी कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘शम्शेरा’लाई सन् २०२२ को मार्च १८ बाट रिलिज गर्ने यशराजको भनाई छ । यशराजले यो बर्षको नोभेम्बर महिनाबाट मार्चसम्मलाई लाइनअप तयार गरेको छ । यसले, बलिउड चलचित्रको माहोल तताउने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?