+
+

सानिमा बैंकको ‘दशैं धमाका’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १४:४०

काठमाडौं । दशैंंको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजाररुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फस्ट कम फस्ट सर्भ’ को आधारमा छुट प्रदान गरिने छ । यो योजना यही असोज १० गतेदेखि असोज १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।
सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा लिँदा ५ सय रुपैयाँ क्यासब्याक पनि प्रदान गर्दै आएको छ । यो योजना आश्विन १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?