+
+

‘जर्सीदेखि बच्चन पाण्डे’सम्मः एकैदिन १२ बलिउड फिल्मको रिलिज मिति घोेषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १७:०५

अक्टुबर २२ तारिखबाट महाराष्ट्र सरकारले हल खोल्न दिने निर्णय गरेसँगै बलिउड चलचित्रकर्मीहरु चलचित्र प्रदर्शनका लागि मिति घोेषणा गर्न तछाडमछाड देखिएका छन् । पहिलो चरणकोे कोरोनाका महामारीका कारण रोकिएका दर्जनौ बलिउड चलचित्रदेखि लकडाउनपछि छायांकन भएका चलचित्रको प्रदर्शन मिति धमाधम घोषणा हुन थालेको छ ।

आइतबार मात्र १२ बलिउड चलचित्रको प्रदर्शन मिति तय भएको छ । जसमा, ‘सूर्यवंशी, बन्टी और बब्ली २, पृथ्वीराज, जयश भाई जोरदार र शम्शेरा’ छन् । यस्तै, नाडियाडवाला ग्रान्डसनको ब्यानरमा बनेका ४ चलचित्रको प्रदर्शन मिति पनि घोषण गरिएको छ ।

जसमा ‘तडप’ डिसेम्बर ३ तारिखमा रिलिज हुने भएको छ । यस्तै, रणवीर सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘८३’ यो बर्षको क्रिसमसमा रिलिज हुने भएको छ ।

नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘बच्चन पाण्डे’ सन् २०२२ को मार्च ४ तारिखमा रिलिज हुने भएको छ भने नायक टाइगर श्राफको मुख्य भूमिका रहेको चलचित्र ‘हिरोपन्थी’ सन् २००२ कोे मे ६ मा रिलिज हुने भएको छ ।
यस्तै, नायक अजय देवगणले निर्माण गरेको चलचित्र ‘मेडे’को पनि प्रदर्शन मिति तय भएको छ । यो चलचित्र सन् २०२२ को अप्रिल २९ तारिखबाट रिलिज हुने भएको छ ।

नायक शाहिद कपुरको प्रतिक्षित चलचित्र ‘जर्सी’को पनि प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र डिसेम्बर ३१ बाट रिलिज हुने भएको छ । यस्तै, कार्तिक आर्यन, कियरा आडवाणी, तबु लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘भूलभूलैया २’को पनि प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र सन् २०२२ को मार्च २५ बाट रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?