+
+

यमनको मारिबमा भएको भिडन्तमा परी ५० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १७:२३

१० असोज, काठमाडौं । यमनमा हुथी विद्रोही र सरकारी सेनाबीच भएको भिडन्तमा परी कम्तिमा ५० जना मारिएका छन् ।

मारिब शहरलाई नियन्त्रणमा लिनका लागि भएको भिडन्तमा परी हुथी विद्रोही र सरकार समर्थित सेना गरी कम्तिमा ५० जना मारिएको एएफपीले सैन्य स्रोतलाई उदृत गर्दै खबर लेखेको छ । मारिनेमध्ये अधिकांश हुथी विद्रोही रहेका छन् ।

‘पछिल्लो २४ घण्टामा ४३ विद्रोही मारिएका छन्’, सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । समाचार अनुसार अधिकांश विद्रोहीहरु गठबन्धनले मारिबको पश्चिमी क्षेत्रमा गरेको हवाइ कारबाहीमा परी मारिएका हुन् ।

पछिल्लो समय साउथी समर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाई हुथी विद्रोहीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सोही क्रममा भएको भिडन्तमा पछिल्लो हताहती भएको हो ।

इरान समर्थित हुथी विद्रोहीले तेल खानीको ठूलो भण्डार रहेको उक्त शहरमा पुन: आक्रमण गर्न थालेपछि यस महिनामा मात्रै सैयौं मानिसको ज्यान गएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?