+
+

विष्टको नेतृत्वमा एकीकृत समाजवादी निकट खेलकुद महासंघ गठन

रासस रासस
२०७८ असोज १० गते १९:२५
केशव विष्ट । फाइल तस्वीर

१० असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ गठन गरिएको छ । आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य-सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो ।

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकोमा ३०७ केन्द्रीय सदस्यले एकीकृत समाजवादीको जनवर्गीय संगठनका रूपमा उक्त महासंघमा रहने निर्णय गरेका हुन् ।

आगामी कात्तिक १२ र १३ गते काठमाडौंमा राष्ट्रिय भेला गरिने महासंघको १२ सदस्यीय पदाधिकारी तथा ७५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।

कार्यक्रम पार्टीका उपमहासचिव डा. विजय पौडेलले नयाँ कार्य समितिलाई खेलकुदका माध्यमबाट देशभर संगठनलाई प्रभावकारी ढंगबाट सञ्चालन गरी जनताको सेवालाई केन्द्रमा राखेर राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।

नवगठित कार्यसमितिका अध्यक्ष विष्टले खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरव बढाउन सकिने विश्वास व्यक्त गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?