+
+

३ मिटरमात्रै मोहडा भएको दुब्लो घर, १५ करोडमा बिक्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १३:४९

११ असोज, काठमाडौं । अमेरिकामा सबैभन्दा दुब्लो घर भनेर चिनिने बोस्टनस्थित एउटा साँघुरो घर झण्डै १५ करोड रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको छ ।बोस्टनस्थित नर्थ इण्डमा रहेको उक्त चर्चित दुब्लो घर (स्किनी हाउस) बिहीबार १२ लाख ५० हजार डलरमा बिक्री भएको हो ।

उक्त घर गत महिना न्यूनतम १२ लाख डलरमा लिलाम बिक्रि खोलिएको थियो । घर खरीदका लागि ठूलो संख्यामा प्रस्तावहरु आएकोमा १२ लाख ५० हजार डलर बोली लगाउने एक व्यक्तिसँग घर बिक्रिको सम्झौता भएको हो ।

४ तले उक्त घर सन् १८६२ मा बनेको हो । उक्त घरको क्षेत्रफल ११६५ वर्गफिट छ। यसको मोहोडा जम्मा १० फिट अर्थात् ३ मिटर चौडा छ जुन पछाडि साँघुरिँदै गएर २ मिटर ८ सय सेन्टिमिटरमा खुम्चिएको छ ।

दुई बेडरुम र एक बाथरुम भएको सो घरमा निजी बरण्डा छ जसबाट बोस्टन हार्वरको दृश्य हेर्न सकिन्छ। यो घरमा अगाडिको भागमा कुनै ढोका छैन र घर छिर्नका लागि साइडमा भएको ढोका प्रयोग गर्नुपर्दछ ।

स्मरण रहोस् यो घर पछिल्लोपटक सन् २०१७ मा ९ लाख डलरमा खरीद गरिएको थियो ।इतिहास अनुसार यो दुब्लो घर एकाघरका दाजुभाइबीचको लफडाका कारण निर्माण भएको रहेछ ।

एक घरका दुई दाजुभाईको पैत्रिक जग्गा रहेछ त्यहाँ । ती मध्ये एकभाइ सेनामा जागिर खान गएछ र अर्को चाहीँले त्यहाँ रहेको पैत्रिक जग्गा सबैजसो ओगट्ने गरेर ठूलो घर बनाएछ ।

आर्मीमा जागिर खान गएको भाई चाहीँ जागिरबाट फर्केर आउँदा पैत्रिक सम्पत्ति सबैजसो ओगट्ने गरेर दाजुले घर बनाएको देखेर रिसले चूर भएछ । अनि अगाडि पट्टि अलिकति जग्गा बँचेको ठाउँमा साँघुरो र अग्लो घर बनाएछ, ता कि दाजुको घरमा बाटो, घाम र दृश्य समेत छेकियोस् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?