+
+

रुससँगको मिसाइल सुरक्षा प्रणाली खरिद राेकिँदैन : टर्की

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १५:२३

११ असोज, काठमाडौं । टर्कीले रुससँग खरिद गर्न लागिएको मिसाइल सुरक्षा प्रणाली नरोकिने बताएको छ । अमेरिकाले टर्कीलाई यो प्रणाली खरिद नगर्न चेतावनी दिए पनि टर्कीले भने कसैले पनि अब यसलाई रोक्न नसक्ने बताएको हो ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले अत्याधुनिक रुसी मिसाइल सुरक्षा प्रणालीको अर्को खेप खरिद गर्नबाट नरोकिने बताएका छन् । अब अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले टर्कीले अमेरिकासँगको तनाव नबढाउने हो भने रुससँग हतियार खरिद गर्न नहुने बताएका थिए ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले रुससँग खरिद गर्न लागेको एस–४०० मिसाइल सुरक्षा प्रणालीले अमेरिकाको एफ–३५ फाइटर जेटलाई खतरा रहेको बताएका छन् ।

टर्कीका राष्ट्रपति एर्दोगानले भने टर्कीको सुरक्षासँग जोडिएको विषयको निर्णयमा कसैले पनि हस्तक्षेप गर्न नसक्ने बताएका छन् । टर्कीले दुई वर्षअघि रुसको एस–४०० मिसाइल सुरक्षा प्रणाली खरिद गरेको थियो । त्यसपछि उसले टर्कीमाथि प्रतिबन्ध लगाएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?