+
+

महासंघका अध्यक्ष गोल्छा र आइएलओका निर्देशक हवार्डबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १८:१६

११ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालका निर्देशक रिचर्ड हवार्डबीच भेटवार्ता भएको छ । सोमबार महासंघ कार्यालय टेकुमा भएको भेटमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भएको महासंघ सचिवालयले जानकारी दिएको छ ।

उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवद्र्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने बिषयमा समेत छलफल भएको छ ।

छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइशोलेशन लगायतका सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद दिदै महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिवद्ध रहेको बताएका छन् ।

सामाजिक सुरक्षाको कार्यन्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड यूनियनसंग छलफल गर्न तयार रहेको समेत अध्यक्ष गोल्छाले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?