+
+

प्रेमिकासँग छुट्टिए टेस्ला सीईओ एलन मस्क, छोरालाई भने दुवै जनाले पाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १३:१०

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेर छोरासमेत जन्माइसकेका टेस्ला सीईओ एलन मस्क र क्यानाडाली गायिका ग्रिम्स छुट्टिएका छन् ।

आफ्नो र ग्रिम्सको ‘अर्ध पृथकीकरण’ अर्थात् ‘semi separation’  भएको भन्दै मस्कले अलग भएता पनि आफूहरुबीच सम्बन्ध असल रहेको र एक वर्षे छोरालाई दुवै जनाले लालनपालन गर्ने बताएका छन् ।

स्मरण रहोस् मस्क र ग्रिम्सको छोराको नाम X A A-Xii Musk हो । जुन निकै अनौठो नाम छ ।

Page Six लाई दिएको अन्तरवार्तामा मस्कले भनेका छन्- हामीहरु अर्ध पृथकीकरण भएका छौं । तथापि एक अर्कालाई अझै माया गर्छौं, एक अर्कालाई बेला बेलामा हेर्छौं र सम्बन्ध असल छ । उनी अहिले पनि मसँगै बसेकी छिन् र हाम्रो छोरा अर्को कोठामा छ ।

टेस्ला तथा स्पेस एक्स कम्पनीको कामले गर्दा आफू धेरैजसो टेक्सासमा बस्नुपर्ने र ग्रिम्सको संगीतका क्रममा विभिन्न मुलुकको भ्रमणका लागि कामका लागि लस एन्जल्समा धेरै बस्नुपर्ने भएको कारणले गर्दा आफूहरु अर्धरुपमा छुटि्टएको उनको दाबी छ ।

मस्क र ग्रिम्सबीच सन् २०१८ बाट प्रेम सम्बन्ध सुरु भएकोमा सन् २०२० को मे महिनामा उनीहरुको छोरा जन्मिएको थियो । उनीहरु गत महीना न्युयोर्कमा भएको मेट गाला फेसन शो मा सँगै देखिएका थिए, जहाँ ३३ वर्षीय ग्रिम्स रेड कार्पेटमा हिँडेकी थिइन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?