+
+

दशैं–तिहारमा होण्डाको ‘साथ ७’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १३:०८

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैं-तिहारलाई लक्षित गरी ‘होण्डाको साथ ७’ योजना ल्याएको छ ।

नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने एक जनालाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । यस योजना अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार प्राप्त गर्ने सकिने कम्पनीले जनाएको छ । यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् । त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजार रुपैयाासम्मको क्यास ब्याक पाउन सक्नेछन् ।

यस्तै यस योजनामा १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको ईएमआई र १ प्रतिशत व्याजदरमा समेत होण्डा खरिद गर्न सक्नुहुनेछ । बम्परमा सहभागी एक जना भाग्यसाली ग्राहकहरुले १५ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?