+
+

उपत्यकाको सुरक्षा प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १५:२१

१२ असोज, काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले  विजयादशमी, दिपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई नागरिकलाई अनुभूति देखिनेगरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

‘अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्‍यो । नागरिकले महंगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन,’ मन्त्री खाणले भने, ‘अहिले जस्तो अवस्था छ, त्यस्तै अवस्था रहनुपर्‍यो र चाडपर्वमा परिवर्तन देखिनुपर्‍यो ।’

मन्त्री खाणले परिवर्तनको परिणम देखिनेगरी काम गर्न र जनतालाई मुस्कुराएर सेवा दिन समेत निर्देशन दिए। ‘यहाँहरूले अहिले बैठकमा सुनाएका चाडपर्व लक्षित योजना राम्रा छन्। योजना मात्रै राम्रा भएर भएन । ती योजना व्यवहारमा कार्यान्वयन गर्नुपर्‍यो,’ मन्त्री खाणले भने,‘जसरी हुन्छ उपलब्ध स्रोत र साधनको उपयोग गरेर अघिल्ला वर्षहरूमा भन्दा आम नागरिकले परिवर्तनको अनुभूति पाउनु पर्‍यो । प्रहरी र निजामति कर्मचारीले भन्दै आएको मुस्कानसहितको सेवा व्यवहारमा देखिन पर्‍यो।’

यस्तै गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वका बेलामा हुने बजार मूल्यमा बढोत्तरी, म्याद गुज्रेका खाद्य सामाग्री र कालो बजारीलाई रोक्न विषेश ध्यान दिन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?