+
+

थप १,१५८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १६:४०

१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ३१८ जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ भने ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेका छन् । जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २७०, झापामा ७३, ललितपुरमा ६९, कास्कीमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुर र रुपन्देहीमा ४४/४४ जना, सुनसरीमा ४३, मोरङमा ४२, चितवनमा ४०, सुर्खेतमा १५, धनुषा र काभ्रेपलाञ्चोकमा १२/१२ जना, पाल्लामा ११ र तनहुँमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?