+
+

कुमारी बैंक र यति एयरलाइन्सबीच व्यवसायिक सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १३:३०

काठमाडौं । कुमारी बैंक लिमिटेड र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यति एयरलाइन्स प्रालिले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपमा स्विप एण्ड फ्लाइ क्याम्पियनको शुरुवात गरेको छ ।

यति एयरलाइन्सको स्काई क्लब कार्ड र कुमारी बैंकको डेबिट (एटीएम) कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लब सीओ ब्रान्डेड कार्ड जारी गरी दुवै कार्डको सुविधा एउटै कार्डबाट प्राप्त गर्न सकिने व्यवस्था रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कुमारी स्काई क्लब कार्डबाट जुनसुकै खरिदको भुक्तानी गर्दा प्राप्त हुने अंकहरुबाट ग्राहकहरुले यति एयरलाइन्सको हवाई टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काइ क्लब कार्डका वाहकहरुले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगर्दा पनि हवाइ यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने बताए ।

डिजिटल बैंकिङका प्रमुख अनिश ताम्राकारले डिजिटल भुक्तानी गर्ने बानीलाई व्यापक बनाउँदै ग्राहकहरुको हरेक यात्रालाई सहज बनाउन यस कार्यक्रमबाट थप सहयोग पुग्ने बताए ।

यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले एयरलाइन्स र कुमारी स्काइ क्लब कार्ड वाहकले जुनसुकै समयमा पनि सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको र यस कार्डको प्रयोगबाट ग्राहकले अधिकतम लाभ प्राप्त गर्न सकिने बताए ।

बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्विप एण्ड फ्लाइ क्याम्पियनमा सहभागी हुने सेवाग्राहीले अब एउटै कार्डबाट दुवै सुविधा प्राप्त गर्न सकिने भएकोले बैंक र एयरलाइन्सको साझेदार ग्राहकहरुले जुनसकै खरिदको भुक्तानी कार्डबाट गर्दा प्रत्येक रु. १०० बराबर १ अंक प्राप्त हुने र सो अंक यति एयरलाइन्सको स्काई क्लबमा स्वतः स्थानान्तरण हुनेछ । निश्चित माइलेज अंक जम्मा भइसकेपछि साझेदार ग्राहकहरुले सजिलै उपभोग गर्न सक्नुहुनेछ र आवश्यकतानुसार यति एयरलाइन्सको आन्तरिक हवाइ टिकट निःशुल्क प्राप्त गर्न सकिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?