+
+

चिम्निज ओपन करातेमा भाग लिन मण्डेकाजी र मुकुन्द्र जर्मनी जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १७:५८

१३ असोज, काठमाडौं । कराते खेलाडी मण्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन बिहीबार जर्मनीको चिम्निज जाँदैछन् ।

अक्टोबर २ मा हुने प्रतियोगिताको पुरुष एकल काता मण्डे तथा ७५ केजीमुनि मुकुन्द्रले प्रतिस्पर्धा गर्नेछन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता हुन् । उक्त सागमा मण्डेले दोहोरो स्वर्ण तथा मुकुन्द्रले कास्य जितेका थिए ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङले एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रममा पारागन पब्लिक स्कुलका प्रबन्ध निर्देशक साकिर उद्दिन, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, जोमाका प्रबन्ध निर्देशक विश्वस लामाले खेलाडीलाई ट्रयाकसुट प्रदान गरेका थिए । साकिरले खेलाडीको खाना÷बसोबासको पनि प्रायोजन गरेको मण्डेले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?