+
+

यी हुन् ३२ भाषा बोल्ने व्यक्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १२:३०

एकजना मानिसले अधिकतम कतिवटा सम्म भाषामा बोल्न तथा लेख्न सक्दछ होला ? कुनै मानिसले ४/५ वटा भाषा जानेको भन्ने सुन्दा पनि हामी छक्क पर्छौ । तर ग्रिसका एक व्यक्ति भने ३२ वटा भाषा बोल्न सक्दछन् ।

पेसाले अनुवादक रहेका आयोअन्निस इकोनोमु सायद हाल विश्वमा सबैभन्दा धेरै भाषामा फरर्र बोल्नसक्ने व्यक्ति हुन् । उनलाई ३२ भाषाको ज्ञान छ । त्यसमध्ये १६ भाषामा त फरर्र बोल्न सक्दछन् भने अन्य १६ भाषामा पनि अनुवाद गर्न सक्दछन् ।

गि्रसको क्रेटेस्थित हेराक्लियनमा जन्मिएका इकोनोमुले अरिस्टोटल विश्वविद्यालयमा भाषा विज्ञान पढेका हुन् । त्यस्तै उनले अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट मध्यपूर्वी भाषा र संस्कृतिमा स्नातकोत्तर गरेका छन् ।

अमेरिकामा पढाइ पूरा गरेपछि उनले स्वदेश फर्किए युरोपेली आयोगमा भाषा अनुवादकको जागिर सुरु गरे ।

संसारका फरक-फरक र भाषागत रुपमा निकै अलग रहेका भाषाहरु समेत फरर्र बोल्नसक्ने उनको क्षमताबाट मानिसहरु कायल हुन्छन् ।

गि्रक भाषाका अलावा उनी संस्कृत, अंग्रेजी, जर्मन, चाइजिन, हिन्दी, उर्दु, स्पेनिस, फ्रेन्च, स्विडिस, इटालियन, पोलिस, रसियन, बुल्गेरियन, टर्किस, अरबी, हिब्रु, पोर्चुगिज, कुर्दिश, आर्मेनियन, पर्सियन, क्रोएसियन, डेनिस, रोमानियन, चेक, फिनिसलगायतका भाषामा बोल्न सक्दछन् ।

साथै उनी प्राचीन गि्रक, ल्याटिन, प्राचीन इरानी, प्राचीन पर्सियन, क्लासिकल आर्मेनियन, गोथिक, प्राचीन बुल्गेरियन, हिट्टी तथा लुबिक लगायतका प्राचीन भाषाहरु पनि बोल्न सक्दछन् ।

इकोनुमोलाई बच्चैदेखि धेरै भाषामा रुचि जागेको थियो र केही अन्य भाषाहरु बोल्न पनि जानेका थिए । क्रेटेमा आउने विदेशी पर्यटकहरुले बोल्ने विभिन्न भाषाहरु उनले पाँच वर्षको उमेरदेखि नै सुन्न थालेका थिए ।

उनले ७ वर्षको उमेरमा नै स्कुल बिदाको समयमा घुम्न गएको बेला एक शिक्षकबाट जर्मन भाषा सिक्न सुरु गरेका थिए ।

उनमा विदेशी भाषा सिक्ने सोख यतिसम्म थियो कि स्कुलको पढाइ पूरा गरिसक्दासम्म ८ वटा विदेशी भाषामा पोख्त बनिसकेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?