+
+

सनराइजसहित तीन बैंकले लाङटाङ खोला जलविधुत आयोजनामा लगानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १४:३६

काठमाडौं । रसुवाको स्याफ्रुबेसीमा रहेको ‘लाङटाङ खोला जलविधुत आयोजना’ को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्धार्थ बैंक र एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करीब ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

प्रवर्द्धक कम्पनी मल्टि इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सोमबार सम्झौता भएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निमार्ण कार्य ठेकदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विधुत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । आयोजनाको निमार्ण पुरा भई उत्पादन हुने विधुत चिलिमे हब सबस्टेशनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ ।

कम्पनीका अनुसार आयोजनाबाट वाषर््िाक १३३.३० गिगावाट घण्टा विधुत उत्पादन हुनेछ । जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ ।

पहिले यो आयोजना इपीसीएफ (इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात् हाल बीओक्यू (बिल अफ क्वान्टिटी) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकदारमार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?