+
+

सौन्दर्य प्रसाधनले वास्तवमै सौन्दर्य बढाउँछ ?

दिनेश राई, मेकअप आर्टिस्ट दिनेश राई, मेकअप आर्टिस्ट
२०७८ पुष १० गते १६:०५

सुन्दर बन्ने चाहना सबैमा हुन्छ । के महिला के पुरुष, सबैमा सुन्दरताको भोक बढेकै हुन्छ । तर हामीले सुन्दरताको लागि सौन्दर्य सामग्री खरिद गर्दा के कुरामा ध्यान दिने ? धेरै मान्छेहरु उचित सौन्दर्य सामग्रीको प्रयोग गर्न नसक्दा झनै कुरुप भएका उदाहरणहरु धेरै छन् । तर यसलाई कसरी उचित प्रयोग गर्न सकिन्छ त ? मेकअप आर्टिस्ट दिनेश राई सौन्दर्य सामग्रीको नेपालको अहिलेको अवस्थाबारे यसरी बताउँछन् :

सौन्दर्य सचेतना

सौन्दर्य सामग्री भन्नेबित्तिकै धेरैले महिला विशेषको क्षेत्र सम्झन्छन् । तर यसमा महिला र पुरुषहरु दुवैको लागि यो आवश्यक छ । सुन्दर बन्न महिला पुरुष दुवैलाई रहर हुन्छ । तर तुलनात्मक रुपमा महिलाहरुमा यसको चाहना बढी हुन्छ ।

बजारमा पुरुषको भन्दा महिलाकै सौन्दर्य प्रसाधनको कारोबार ठूलो छ । इन्भाइरोन्मेन्ट वर्किङ ग्रुप (बेलायत) ले सन् २०१२ मा गरेको एक अध्ययन अनुसार आधुनिक महिलाले औसतमा दैनिक १७ प्रकारका मेकअप सामग्री प्रयोग गर्ने गरेको पाइएको छ । जुन नेपालसँग पूरा सान्दर्भिक त नहोला । तर पनि धेरैजसो ट्रेन यही अध्ययनको सेरोफेरोमा नै हुन्छ ।

नेपालमा सौन्दर्यको लागि धेरै खर्च गर्ने चलन अहिलेसम्म पनि विकास भइसकेको छैन । त्यसैले बजारमा धेरै महँगा सौन्दर्य सामग्रीहरु भेटिँदैन ।

अहिले सामान्य देखिने खालको न्यूड सामग्रीहरु बढी प्रयोगमा आएको देखिन्छ । नेपालमा धेरै कम्पनीका सौन्दर्य सामग्रीहरु आउँछन् । जस्तै, तार्ट, एनेस्टेसिया, म्याक, हुडाव्युटी, एलेकर, स्टालाउजर यस्तै ब्राण्डहरु धेरै नेपालमा प्रयोग हुने ब्राण्डहरु हुन् । विश्व बजारमा योभन्दा धेरै महँगा सामग्रीहरु पनि बिक्री हुने गरेको भए पनि नेपाली बजारमा महँगा सामग्री धेर्रै बिक्री नहुने भएकोले यस्ता कम्पनीका उत्पादनहरु कम देखिन्छन् ।

बजारमा नक्कली सामानको बिगबिगी

नेपालमा बिक्री हुने सौन्दर्य सामग्रीको गुणस्तर नचिन्नेहरुले बजारबाट जस्तो पायो उस्तो सामग्रीहरु लैजाने गर्छन् । जुन आफ्नै स्वास्थ्यको लागि नोक्सानदायक हुन सक्छ ।

बजारमा ५ हजार पर्ने सामान ५०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म पाउन सकिन्छ । जस्तो म्याक कम्पनीको कुनै प्रोडक्टलाई ४००० रुपैयाँ पर्छ भने सोही ब्राण्ड देखाइएको सामानहरु बजारमा एक हजार रुपैयाँमा पाउन सकिन्छ । कुनै पनि सामान सक्कली हो कि कम गुणस्तरको हो भन्ने कुरा प्रोफेसनल मान्छेलाई देख्दैमा थाहा हुन्छ । तर यसको बारेमा धेरै जानकारी नभएकाहरु यस्तोमा ठगिन्छन् । जस्तो, आई स्याडोहरु एक हजार रुपैयाँमा पनि पाइन्छ । ती गुणस्तरको हिसाबमा अत्यन्त कमजोर हुन्छन् । त्यसैले सामान किन्दा मूल्यभन्दा पैसा हेर्नुपर्छ ।

सौन्दर्य प्रसाधन कति उपयोगी थाहा पाउने आधार

उपयोगी कस्तो हुन्छ भन्ने छुट्टयाउे आधार भनेर त्यस्तो हुँदैन । तर कुनै पनि सामानहरु प्रयोग गरिसकेपछि त्यसले कति समयसम्म काम गर्छ, त्यसले कुनै साइड इफेक्ट गर्छ कि गर्दैन ? भन्ने विषय नै आधारहरु हुन् । त्यो पनि कतिपयले प्राकृतिक सौन्दर्य सामग्री खोज्न सक्छन् । त्यसको लागि उनीहरुको छुट्टै आधार हून्छ ।

सौन्दर्यमा आएको व्यापकता

विगतमा मान्छेलाई यस्ता सौन्दर्य सामग्रीहरुको आवश्यकता हुँदैन’थ्यो । अहिले यसले व्यापकता पाएको छ । म ९ वर्ष पहिले सौन्दर्य क्षेत्रमा प्रवेश गर्नुपूर्वसम्म मेकअप केवल फिल्मी क्षेत्रका मान्छेहरुले प्रयोग गर्छन् भन्ने थियो । अहिले सामान्य मान्छेहरूले पनि पार्टीमा जानुपूर्व मेकअप गर्ने गर्छन् । सबै प्रकारका मान्छेले सामान्य समारोहमा जाँदा पनि हिजोआज यस्तो सामग्री प्रयोग गर्छन् ।

सौन्दर्य प्रसाधनले वास्तवमै सौन्दर्य बढाउँछ ?

सौन्दर्यको सामग्रीले वास्तवमै सौन्दर्य बढाउँछ कि बढाउँदैन ? भन्ने कुरा उनीहरुले प्रयोग गर्ने कुरामा पनि भर पर्छ । त्यसलाई सही तरिकाले प्रयोग भएन भने एकदमै नराम्रो पनि असर गर्न सक्छ । यद्यपि अहिलेको समयमा मेकअप महत्वपूर्ण र अत्यावश्यक भइसकेको छ ।

सौन्दर्य मान्छेको इच्छामा भर पर्छ । सबैले फूल मेकअप गर्नुपर्छ भन्ने हुँदैन । यस्ता सामग्रीहरु नर्मल मान्छेले पनि अफोर्ट गर्न सक्छन् । तर सबै सामग्रीहरु खरिद गर्दा केमिकलले असर गर्ने नगर्ने हेर्नुपर्छ । केमीकल भन्ने बित्तिकै केमिकलले हामीलाई हार्म नगरोस् भन्नेमा ध्यान दिनुपर्छ । जस्तै, फाउण्डेसनलाई प्रयोग गर्दां केमिकल हुन्छ । तर पहिले टोनर गरेर मात्रै यो लगाउने जस्ता सामग्रीहरु अपनाउनु पर्छ । यी ३ किसिमका लेयर लगाइसकेपछि यसले त्यस्तो धेरै असर गर्दैन । यसले चाउरी पर्न दिँदैन । चाडवार्डको समयमा तिजमा आफैँले पनि गर्ने गर्छन् । अरुबेला भन्दा पनि त्यो बेलामा सौन्दर्य सामग्री बढी आवश्यक हुन्छ । तर घरमै बसेर यस्ता सामग्रीहरु प्रयोग गर्दा विधि बुझिएन भने यसले सही नतिजा नदिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?