+
+

एक महिनामा बलिउडका ६ ठूला फिल्म रिलिज हुदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १९:३३

हिन्दी चलचित्रकोे रिलिज लाइनअप सार्वजनिक भएसँगै यसको चर्चा नेपालमा समेत उस्तै छ । डेढ बर्ष लामो कोरोना महामारीबाट थलिएर विस्तारै टाउको उठाउन थालेको मनोेरञ्जन नगरीका लागि हिन्दी चलचित्रकोे लाइनअपले राहत दिने धेरैको अनुमान छ ।

तर, बलिउडमा पनि यी सबै चलचित्रले सुखद व्यापार गर्ने संभावना कम देखिन्छ । किनकी, तिहारबाट सुरु हुने बलिउड चलचित्रकोे रिलिजको लाइनअप करिब २ बर्षलाई तय भैसकेको छ । रोचक कुरा त के छ भने, बलिउडमा निक्कै महंगो लगानीमा बनेका चलचित्रहरुको रिलिज लाइनअप हेर्दा अधिकांशले एक साता भन्दा बढी समय नपाउने देखिन्छ ।

यो बर्षको क्रिसमसदेखि एक महिनाको लाइनअप हेर्ने हो भने पनि ६ ठूला चलचित्र रिलिज हुँदैैछन् । क्रिसमसमा नायक रणवीर सिंह अभिनित चलचित्र ‘८३’ र साउथ स्टार अल्लु अर्जुन अभिनित चलचित्र ‘पुष्पा’ रिलिज हुँदैछ । यी दुई चलचित्र रिलिज भएको एक सातापछि नायक साहिद कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘जर्सी’ डिसेम्बर ३१ मा रिलिज हुँदैछ ।

यसैविच, आज मात्र निर्देशक संजयलिला भन्सालीले चलचित्र ‘गंगुबाई काठियाडवाडी’को प्रदर्शन मिति तय गरेका छन् । यो चलचित्र सन् २०२२ को जनवरी ६ मा रिलिज हुने पक्का भएको छ । चलचित्रमा आलिया भट्ट शिर्ष भूमिकामा छिन् ।

यो चलचित्र रिलिज भएको एक सातापछि अर्थात जनवरी १४ मा साउथका स्टार प्रभाष र नायिका पूजा हेग्डे अभिनित चलचित्र ‘राधे श्याम’ रिलिज हुने तय गरिएको छ । यो चलचित्र रिलिज भएको एक सातापछि नायक अक्षय कुमार र नायिका मानुषी छिल्लर अभिनित चलचित्र ‘पृथ्वीराज’ रिलिज हुँदैछ ।

यसरी हेर्दा, एक महिना ६ ठूला चलचित्र रिलिज हुने पक्का छ । यसले, हरेक चलचित्रलाई हलमा एक सातामै बम्पर व्यापार गर्नुपर्ने वाध्यता देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?