+
+

कुमारी बैंक र सारथि होटलबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १३:५४

काठमाडौं । कुमारी बैंक र काभ्रेको धुलिखेलमा रहेको होटल सारथिबीच आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने सम्बन्धमा सहकार्य गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सारथि होटल अन्तर्गतका विभिन्न परिकारमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत सारथि होटलको विभिन्न सेवाहरुमा बैंकको डेबिट/क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

कुमारी बैंक बनेपा शाखाकी शाखा प्रबन्धक नवीना वैद्य र सारथि होटलका प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेलले सहमित पत्रमा हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?