+
+

एमाले विधान महाधिवेशन : ओलीको राजनीतिक प्रस्ताव पेश गर्दै शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १४:०२

१५ असोज, काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा सुरु भएको छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा अहिले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएरहेको छ । सुरूमा अध्यक्ष ओली स्वयंमले प्रस्ताव पढ्न थालेका थिए ।

तर केही दिनदेखि रूघाखोकी लागेकाले गाह्रो भएको भन्दै उनले स्थायी कमिटी सदस्य शंकर पाेखरेललाई आफ्नो प्रतिवेदन पेश गरिदिन आग्रह गरे । अहिले पोखरेलले प्रतिवेदन पेश गरिरहेका छन् ।

एमालेले पहिलो पटक विधान महाधिवेशन गरेको हो । यसअघि राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउने गरिएको थियो ।

झण्डै ६ हजार सहभागी विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?