+
+

संजयको ‘गंगुबाई काठियावाडी’सँग राजमौलीको ‘आआरआर’ भिड्ने पक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते ११:१५

बलिउड तथा साउथका चलचित्रहरुले लगातार प्रदर्शन मिति बुक गरिरहँदा ठूला–ठूला भिडन्तको संभावना समेत बढेर गएको छ । निर्माण भएर बसेका दर्जनौ चलचित्रले प्रदर्शन मिति तय गर्दा करिब डेढ बर्ष हिन्दी चलचित्र बजार व्यस्त हुने देखिन्छ ।

३ दिन अगाडि मात्र निर्देशक संजयलिला भन्सालीले आफ्नो प्रतिक्षित चलचित्र ‘गंगुबाई काठियावाडी’को प्रदर्शन मिति सन् २०२२ को जनवरी ६ लाई तय गरेका थिए । तर, अब यो चलचित्रसँग साउथकै सर्वाधिक प्रतिक्षा गरिएको बिग बजेटको चलचित्र ‘आरआरआर’ले समेत जनवरी ७ लाई प्रदर्शन मिति तय गरेपछि दुई सफल निर्देशकविच बक्स अफिसमा भिडन्त हुने पक्का भएको छ ।

चलचित्र ‘गंगुबाई काठियावाडी’मा नायिका आलिया भट्ट र नायक अजय देवगणको मुख्य भूमिका छ । रोचक कुरा त के छ भने, चलचित्र ‘आरआरआर’मा नायक अजय देवगण र नायिका आलिया भट्टको पनि मुख्य भूमिका छ । चलचित्रमा साउथका दुई सुपरस्टार राम चरण र जुनियर एनटीआर मुख्य भूमिकामा छन् ।

यी दुई चलचित्रको बक्स अफिस भिडन्तले जनवरी महिनामा रिलिज हुन लागेका अन्य चलचित्रलाई समेत असर पार्ने विश्लेषण हुन थालेको छ । कतिपय बलिउड पण्डितहरुले ‘आरआरआर’ जनवरी ७ मा आउने भएपछि संजयलिला भन्सालीले आफ्नो चलचित्रको प्रदर्शन मिति पछि सार्ने तर्क समेत गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?