+
+

मृत भेटियो कोशी टप्पुको मकुना हात्ती

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १३:००
मृत भेटिएको मकुना नामको हात्ती

१७ असोज, विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षमा बस्दै आएको मकुना नामको हात्ती मृत भेटिएको छ । एक वर्षअघि स्थानीय प्रशासनले मार्ने तयारी गरेको मकुना आइतबार सुनसरीको कोशी गाउँपालिका–३ स्थित आरक्ष कार्यालय नजिकै मृत भेटिएको हो ।

हिंस्रक भएका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले एक वर्षअघि मार्ने योजना बनाएको थियो । तर चौतर्फी विरोध भएपछि प्रशासन पछि हटेको थियो । गत पुसमा चितवन राष्ट्रिय निकुञ्जबाट आएका वन्यजन्तु चिकित्सक र प्रविधिक टोलीले मकुनालाई शान्त बनाउन डार्ट गरी उपचार गरेको थियो ।

आइतबार बिहान ५ बजेतिर मकुना मृत भेटिएको आरक्ष प्रमुख अशोक रामले बताए । उनका अनुसार हात्तीको मृत्युको करेन्ट लागेर भएको हो । धान खान गएका बेला धानबालीमा लगाइएको करेन्ट लागेको उनले बताए ।

उनका अनुसार शनिबार राति १ बजेसम्म आरक्षका कर्मचारीले मकुनाको निगरानी गरेका थिए । पानी परेका कारण हात्ती त्यसपछि हराएको थियो । ‘राति करिब १ बजेसम्म हात्ती निगरानीमा थियो,’ उनले भने, ‘आरक्ष बाहिर सुतेको जानकारी आएपछि बिहान ५ बजे जंगलतर्फ धपाउन जाँदा मृत भेटियो ।’

स्थानीय कमलादेवी सरदारको खेतमा हात्ती मृत भेटिएको हो । धानखेतमा करेन्ट बिच्छयाइएको छ । करिब ३२–३३ वर्षीय मकुना हिंस्रक मानिन्छ । मकुनाको आक्रमणबाट आरक्ष आसपास १६ जनाको मृत्यु भइसकेको स्थानीयको भनाइ छ ।

‘हात्ती मृत भेटिएको स्थानमा करेन्ट बिच्छयाएको जानकारी पहिले थिएन,’ प्रमुख रामले भने, ‘पाक्नेबेलाको धानबाली सुरक्षाका करेन्ट लगाइएको रहेछ ।’ हात्तीको पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?