+
+

अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदारलाई पार्टीको केन्द्रीय सदस्य बनाउने प्रचण्डको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १३:२०

१७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष रञ्जित तामाङसहित अध्यक्षका दाबेदारहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका छन् ।

अखिल क्रान्तिकारीका नेताहरुसँग आज बिहान खुमलटारस्थित निवासमा भएको भेटमा प्रचण्डले पञ्चा सिंहलाई संगठनको अध्यक्ष बनाउने र अन्य दाबेदारहरुलाई तत्काल पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका हुन् ।

अखिल क्रान्तिकारीको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, उपाध्यक्षहरु तिलक भण्डारी, दीपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी दाबेदार थिए ।

पार्टीमा युवाहरुलाई स्थान दिने विधानको व्यवस्था अनुसार अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदारहरुलाई पार्टी केन्द्रमा स्थान दिने भनेर प्रचण्डले आश्वासन दिएको एक नेताले बताए ।

‘अध्यक्षले पार्टी स्थायी कमिटीको दुई पटकको बैठकमा यो विषयमा सर्वसम्मत निर्णय भइसकेको छ, तपाईंहरु पार्टीको केन्द्रीय सदस्य भइ नै सक्नुभयो भन्नुभएको छ,’ अखिल क्रान्तिकारीका ती नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?