+
+

क्रुजमा ड्रग्स पार्टी, साहरुख खानका छोरासहित १० जना हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १६:०४

शनिबार मध्यरातमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइको एक क्रुज पार्टीमा छापा मारेको छ । छापा मार्ने क्रममा क्रुजमा बलिउड नायक साहरुख खानका छोरा आर्यन खानसहित विभिन्न धनाढ्य परिवारका व्यक्तिहरु थिए ।

एनसीबी मुम्बईका निर्देशक समीर वानखेडेले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, आर्यन खानसँग यो बिषयमा सोधपुछ चलिरहेको छ । हिरासतमा लिएका व्यक्तिहरुमा आर्यन खान, अरबाज मर्चेन्ट, मुनमुन धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त चोकर र गोमित चोपडा छन् ।

एनसीबीले यो घटनामा बलिउड तथा केही धनाढ्यहरुको समेत कनेक्शन भएपनि कानुन अनुसार निष्पक्ष छानबिन गर्ने बताएको छ । मुम्बइको ड्रग कन्ट्रोल स्कार्डले शनिबार मध्यरातमा अप्रेशन सुरु गरेको थियो । समुन्द्रको बीचमा एक क्रुजमा ड्रग पार्टी चलिरहेको सूचना पाएपछि एनसीबीले छापा मारेको हो ।

मुम्बईबाट गोवा गैरहेको एक क्रुजमा ड्रग पार्टी चलिरहेको खबर पाएपछि एनसीबीका कर्मचारीले छापा मारेका हुन् । एनसीबीका कर्मचारीहरु क्रुजमा यात्री बनेर पुगेका थिए । जब, क्रुजमा ड्रग पार्टी सुरु भयो, यसपछि एनसीबीका कर्मचारीले उनीहरुलाई पक्राउ गरेका थिए । शनिबार गोवातर्फ प्रस्थान गरेको क्रुज सोमबार मुम्बई फर्किने कार्यक्रम रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

एनसीबीका कर्मचारीहरुले आर्यनसँग सोधपुछ चलिरहेपनि उनी क्रुजमा किन पुगेका थिए भन्ने नखुलेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?