+
+

जनसंख्याको आधारमा उपभोक्ता समिति बन्ला, कम्युनिष्ट पार्टी बन्दैन : ईश्वर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १६:५९

१७ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई समावेशी बनाउन जनसंख्याको आधारमा प्रतिनिधित्व गराउन नसकिने बताएका छन् ।

विधान महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमाथि जवाफ दिदै पोखरेलले जनसंख्याको आधारमा पार्टी संरचना बनाउन नसकिने बताए ।

समूहगत छलफलका क्रममा प्रतिनिधिहरुले जनसंख्याको आधारमा प्रतिनिधित्व गराउँदा पार्टी कमिटी समावेशी बन्ने सुझाव राखेका थिए । तर पोखरेलले जनसंख्याको आधारमा पार्टी बन्न नसक्ने बताए ।

‘कसैकसैले त भन्दाभन्दै के भन्नुभएको छ भने पपुलेसनको आधारमा कमिटीमा पनि प्रतिनिधित्व होस्’ पोखरेलले भने, ‘माफ गर्नुहोला कमरेडहरु, अन्यथा नलिनुहोस् । कम्युनिष्ट पार्टी त्यसरी बन्दैन, बन्न सक्दैन ।’

महासचिव पोखरेलले विचार र योग्यताको आधारमा कम्युनिष्ट पार्टी बन्ने बताए । ‘कसको कति प्रतिशत छ, त्यसको आधारमा त्यति प्रतिशत चाहियो । नराम्रो नमान्नुहोला, यसरी कम्युनिष्ट पार्टी बन्दैन, कतिपय ठाउँमा उपभोक्ता समिति बन्लान्’, पोखरेलले भने ।

विधान महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमाथि छलफलका क्रममा दश वटै समूहबाट पार्टी संरचना समावेशी बनाइनुपर्ने विषय उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?