+
+

प्रहरी दिवसको अवसर पारेर धनगढीमा ‘तपाईंको मास्क खै ?’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १७:११

१७ असोज, धनगढी । प्रहरी दिवसको अवसर पारेर धनगढीमा तपाईंको मास्क खै ? अभियान सञ्चालन गरिएको छ । आइतबार ६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय कैलाली र युवा परिषद् सुदूरपश्चिमको संयुक्त आयोजनामा र्‍याली निकालेर मास्क प्रयोगका विषयमा सचेतना कार्यक्रम गरिएको हो ।

¥यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेलले कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरे । नजिकिँदै गइरहेको बडादशैं स्वास्थ्य सुरक्षालाई ख्याल गरेर मनाउन पनि उनले आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले पनि मास्कको अनिवार्य प्रयोगमा जोड दिँदै सचेतनाका लागि प्रहरीले अभियान सञ्चालन गरिरहेको जानकारी दिए । उनले कैलालीमा चाडपर्व लक्षित सुरक्षा योजना बनाएर प्रहरीको खटनपटन गरिएकाले ढुक्क भएर चाडपर्व मनाउन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?