+
+

निर्वाचन अधिकृत सम्पर्कविहीन हुँदा बझाङमा कांग्रेस अधिवेशन अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १८:०२
कांग्रेस निर्वाचन समितिले खटाएका बझाङका प्रमुख निर्वाचन अधिकृत चेतराज भट्ट

१७ असोज, धनगढी । बझाङमा प्रमुख निर्वाचन अधिकृत सम्पर्कविहीन हुँदा नेपाली कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख निर्वाचन अधिकृत चेतराज भट्ट शनिबार रातिदेखि सम्पर्कविहीन हुँदा अधिवेशन अनिश्चित बनेको जिल्ला सभापति हर्कजंग सिंहले बताए ।

‘मनोनयन दर्ता गरेर घर फर्किनुभएका निर्वाचन अधिकृत शनिबार रातिदेखि हाम्रो सम्पर्कमा हुनुहुन्न,’ सिंहले भने, ‘अब उहाँ नै सम्पर्कविहीन भइसकेपछि जिल्ला अधिवेशन अनिश्चित बनेको छ । हामी सम्पर्क गर्ने प्रयास गरिरेहका छौं तर भइरहेको छैन ।’

प्रदेशसभा क्षेत्र नम्बर १ को अधिवेशनका विषयमा नेता जंगबहादुर सिंहबाट ‘हातखुट्टा भाँचिदिन्छौं’ भनेर धम्काएको सुनेको बताउँदै सिंहले स्थानीय प्रशासनलाई सो विषयमा जानकारी गराइसकेको जनाए । तर प्रहरी प्रशासनले आन्तरिक मामिला भएको भन्दै आफू नै खोजी गर्न भनेको उनले बताए ।

स्थानीय प्रशासनले भने उनी सम्पर्कमै रहेको जनाएको छ । बझाङमा खडक बोहरा र रमेश भण्डारीले सभापतिका लागि उम्मेदवारी दिएका छन् । बोहरा पूर्वमन्त्री सुरेश मल्ल निकट हुन् भने भण्डारी पूर्व राज्यमन्त्री नरेशबहादुर सिंह निकट मानिन्छन् । भण्डारीलाई पार्टी सभापति देउवाको साथ छ भने बोहरालाई पौडेल पक्षले साथ दिएको छ । विगतमा उनीहरु दुवै जना देउवा पक्षकै भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?