+
+

पुजा र पुष्पलाई लाग्यो दशैं

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते ११:५०

नेपालका महत्वपुर्ण चाडपर्वमा गीतसंगीत सार्वजनिक गर्ने क्रम नयाँ होइन । तीज, दशैं, फागु पूर्णिमा लगायतका पर्वमा यी पर्व लक्षित गर्दै गीतहरु सार्वजनिक गर्ने होडबाजी नै चल्छ । यही क्रममा, गायिका रानी शाक्यले ‘सरर’ बोलको गीत सार्वजनिक गरेकी छिन् । राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ ।

यो गीतको भिडियोमा नायिका पुजा शर्मा र नायक पुष्प खड्काले अभिनय गरेका छन् । पुष्प र पुजाको म्युजिक भिडियोमा यो पहिलो सहकार्य पनि हो । ज्ञानेन्द्र शर्माको छायांकन, विजयराज भुर्तेलको सम्पादन रहेको गीतमा देव धिमालको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?