+
+

पूर्वफिफा रेफ्री लव खत्रीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १५:५१

१८ असोज, काठमाडौं। पूर्वफिफा रेफ्री लव खत्रीको ५० वर्षको उमेरमा सोमबार निधन भएको छ ।

सोमबार बिहान वाथरुममा लडेपछि उपचारका लागि नख्खुस्थित मेडिसिटी हस्पिटल पुर्‍याइएपछि उनको निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

सन् २०१८ मा रेफ्री पद छाडेका उनी पछिल्लो समय रेफ्री इन्स्ट्रक्टरको रुपमा कार्यरत थिए । खत्री रेफ्री संघको महासचिव समेत थिए ।

फुटबल खेलाडी हुँदै रेफ्री बनेका खत्रीले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए ।

उनले ए डिभिजन क्लबहरु थ्री स्टार, जावलाखेल युथ र फ्रेन्ड्सबाट फुटबल खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?