+
+

जीआईजेडको सर्वेक्षणमा बुटवल उत्कृष्ट नगर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १७:०७

१८ असोज, बुटवल । जर्मन सहयोग नियोग (जीआईजेड)ले बुटवल उपमहानगरपालिकालाई अवार्ड प्रदान गरेको छ । विषयगत विज्ञहरुमार्फत मुलुकका ११ वटा नगरको सर्वेक्षणमा लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर गरिएको सर्वेक्षणमा बुटवल उत्कृष्ट भएको हो  ।

जीआईजेडकी नेशनल टिम लिडर दीप्ति खकुरेलले स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यामीशलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाइ गरिएको मूल्यांकनका आधारमा बुटवल मुलुकमै पहिलो भएको बताइन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई जीआईजेडका नेशनल टिम लिडर दीप्ति खकुरेलसहितको टोलीले प्रमाणपत्र र अवार्ड प्रदान गरेको थियो ।

स्थानीय लघु, साना तथा मझौला उद्योगहरूको व्यवसायको अवस्था, सुधारका साथै यसका सेवा प्रदायकहरूको बिक्रीपछिको सेवा सुनिश्चितता र लगानीको वातावरणका बारेमा विज्ञहरुले सर्वेक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?