+
+

बुद्ध एयर : बाहिरी स्रोतमा भर पर्दा पाइलट झुक्किएको आन्तरिक छानविनको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १८:०७

१८ असोज, काठमाडौं । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै जहाज फर्काएको सम्बन्धमा बुद्ध एयरले आन्तरिक रुपमा गरेको जाँचबुझ रिर्पोट सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको छ । कम्पनीका अनुसार जहाजमा प्राविधिक समस्या देखिएको छैन । जहाजमा ल्याण्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इण्डिकेटरले स्पष्ट रुपमा काम गरेको र प्राइमरी इण्डिकेटर मधुरो बलेको अवस्थामा चालक दलले तोकिएको प्रोटोकलको पालना गर्नुपर्नेमा त्यसो नगरी बाह्य स्रोत (एयर ट्राफिक कन्ट्रोलर)मा बढी भर परेको देखिएको रिर्पोटको निष्कर्ष रहेको छ ।

अघिल्लो साता काठमाडौंबाट विराटनगर पुगेको जहाजमा इण्डिकेटरले ल्याण्डिङ गियर नखुलेको देखाएपछि पाइलट एजी शेर्पाले एटीसीलाई सोधेका थिए । तर, एटीसीले पाङ्ग्रा खुलेको नदेखेपछि सोही रिर्पोटिङ गरेका थिए । त्यसपछि जहाज पाइलटले काठमाडौं फर्काएका थिए । काठमाडौंमा समेत करीब आधा घण्टा फन्को मारी जहाज सुरक्षित अवतरण गरेको थियो । काठमाडौंबाट बाह्य रुपमा हेर्दा पाङ्ग्रा खुलेको देखिएपछि पाइलटलाई जहाज अवतरणको अनुमति दिइएको थियो ।

यससम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत आन्तरिक रुपमा छानविन गरिरहेको छ । साथै नेपाल सरकारले समेत छानविन समिति बनाएर समग्र जहाजहरुको अवस्थाबारे अध्ययन गर्दैछ ।

अनुसन्धानको क्रममा जहाजमा प्राविधिक समस्या नरहेको भेटिएपछि चालक दललाई जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । तर उक्त जहाज अहिले नियमित उडानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?