+
+

कांग्रेसको गोरखा जिल्ला समितिका विभिन्न पदमा आज चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १२:३७
प्रतीकात्मक तस्वीर

१९ असोज, गोरखा । नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । सोमबार सभापति पदमा न्यौपाने बाहेक अन्यको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत चयन भएका हुन् । आरुघाट गाउँपालिका-२ मान्वु घर भएका उनी यसअघि पार्टीको जिल्ला सचिव थिए ।

अन्य पदमा भने आकांक्षी धेरै भएकाले निर्वाचन हुने भएको छ । दुई उपसभापतिमा पाँच जनाको उमेदवारी परेको छ । इमानसिंह बस्नेत, धिरन थापा, रविकला खनाल, सीपी पोखरेल र हरिबहादुर गान्धारीले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

दुई सचिवका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । ओमबहादुर गुरुङ, कृष्णबहादुर आले, किशोरजंग थापा, तारानाथ पुडासैनी र रामप्रसाद भण्डारीले मनोनयन दर्ता गरेको समितिले जनाएको छ ।

सहसचिव पदका लागि आठ जनाले उमेदवारी दिएका छन् । कमलप्रसाद अम्गाईं, गंगाप्रसाद अधिकारी, दीपक हमाल, भेजराज पाण्डे, मानप्रसाद धिताल, रामशरण आचार्य, लुमनाथ लामिछाने र विश्व भट्टले उमेदवारी दिएका हुन् ।

उनीहरुबाट दुई जना सहसचिवमा निर्वाचित हुनेछन् । आकांक्षी धेरै भएकाले सदस्यहरु पनि निर्वाचनबाट चयन गरिने भएको छ ।

महाधिवेशन प्रतिनिधि चयन

कांग्रेसले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय समिति र महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ ।

निर्वाचन क्षेत्र नम्वर १ को सभापति, सचिव र सहसचिव सर्वसम्मत चयन भएका हुन् । सभापतिमा नारायण लामिछाने, सचिवमा शरण श्रेष्ठ र रोशन गुरुङ, सहसचिवमा बिमल रम्तेल र पुष्कर गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ ।

क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ नन्दप्रसाद न्यौपाने, राजेन्द्र बजगाईं, धिरन थापा, देवेन्द्र वाग्ले, राजनराज पन्त, प्रेमकुमार खत्री, पूर्णबहादुर दाहाल, किरणबाबु श्रेष्ठ, ईश्वर पाण्डे र चेतबहादुर अधिकारी निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै ८८० मत पाएका न्यौपाने सोमबार जिल्ला सभापतिमा सर्वसम्मत चयन भए ।

क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा महिला तर्फ कल्पना नेपाली, कमला लामिछाने, जानुका पन्त र प्रतिमा भट्ट बिजयी भए । समानुपातिक तर्फको खस आर्य (खुला) तर्फ फणीन्द्रप्रसाद भट्ट र युवराज न्यौपाने विजयी बनेका छन् । खस आर्य महिलातर्फ जनुका अधिकारी, आदिवासी जनजाति (खुला) तर्फ रेशम गुरुङ, धन बहादुर गुरुङ र माला गुरुङ बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।

आदिवासी जनजातिको महिला तर्फ फुलमाया गुरुङ, शर्मिला श्रेष्ठ र बिनाकुमारी श्रेष्ठ बिजयी भएका छन् । दलित खुल्लामा रामु नेपाली र अल्पसंख्यक वा मुस्लिम वा अपाङ्गमध्येबाट ओमहरि घले निर्वाचित भए ।

यता प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा गोविन्द गुरुङ र सचिवमा रुप बहादुर गुरुङ (दुर्गा) र सरोज देवकोटा सर्वसम्मत चयन भए । सहसचिवमा नारायण दानी र राम गुरुङ निर्वाचित भए ।

क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ प्रकाशचन्द्र दवाडी, पिताम्बर बडु, दीपकबाबु कडेल, हरिबहादुर घले, वेदप्रसाद काप्री (माइला), ओमबहादुर गुरुङ, ध्रुव पन्त, सलाउद्दिन मिया, मोहनप्रकाश पोखरेल र सुवास अधिकारी निर्वाचित भए । गण्डकी प्रदेश सांसद समेत रहेका दवाडीले सबैभन्दा बढी ४३३ मत ल्याए ।

प्रत्यक्ष (महिला) तर्फ मनकुमारी गुरुङ, तिलु घले, शोभा अधिकारी र मिना अधिकारी विजयी भए । समानुपातिकतर्फको खस आर्य (खुल्ला) तर्फ सुरेन्द्र भण्डारी र फणीन्द्रप्रसाद धिताल र खस आर्य (महिला) तर्फ रविकला खनाल (न्यौपाने) निर्वाचित भएकी छन् ।

आदिवासी जनजाति (खुल्ला) तर्फ अशोककुमार गुरुङ, नविन श्रेष्ठ र चेतमान श्रेष्ठ बिजयी भएको निर्वाचन समितिले जनाएको छ । महिलातर्फ इन्द्रा गुरुङ र मोसली माया थोकर विजयी भए ।

दलित खुल्लामा दिनेश सुनार र महिलामा पार्वती नेपाली विजयी बने । नेपाली र अल्पसंख्यक वा मुस्लिम वा अपाङ्ग मध्येबाट अब्दुल सतार निर्विरोध चयन भएका हुन् । क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिका लागि ५८ जनाले मनोनयन दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?