+
+

अवकाश पाउन लागेका डा. बिच्छाको सेवा अवधि ३ वर्ष थप्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १४:१५

१९ असोज, काठमाडौं । १ महिनापछि अनिवार्य अवकाश पाउन लागेका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको सेवा अवधि थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ ।

आगामी ६ कात्तिकमा अवकाश पाउदै गरेका बिच्छालाई प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाको रुचीमा महानिर्देशक बनाइएको थियो । देउवापत्नी राणाकै विशेष रुचीमा डा. बिच्छाको तीन वर्ष सेवा अवधि थप्ने गृहकार्य भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

स्वास्थ्य सचिव रोशन पोखरलेलले डा. बिच्छाको सेवा अवधि थपका लागि प्रक्रिया अघि बढाएको पुष्टि गरे । ‘उहाँको सेवा अवधि थप गर्नका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ,’ उनले भने ।

स्वास्थ्य सेवा ऐनको दफा, ४२ को उपदफा १ मा स्वास्थ्य सेवाका कर्मचारीको सेवा उमेर हद ६० वर्ष तोकिएको छ । सोही ऐनको दफा २ मा दफा १ मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले विशेषज्ञ सेवा आवश्यक ठानेमा बढीमा तीन वर्ष सेवाअवधि थप्न सक्ने प्रावधान छ ।

मन्त्रालय उच्च स्रोतका अनुसार कानुन शाखाले भने महानिर्देशकका रुपमा सेवा अवधि थप गर्न नसकिने तर स्वास्थ्य सेवा ऐनअनुसार विशेषज्ञ सेवाका लागि भने सरकारले चाहेमा सेवाअवधि थप गर्न सक्ने राय दिएको छ ।

अवकाश पाउन १ महिना बाँकी रहेका बिच्छालाई सेवाअविधी ३ वर्ष थप गर्ने प्रधानमन्त्री पत्नी आरजु राणाको चाहना लगभग पूरा हुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?