+
+

विकास बोर्डमा कलाकारको खोजी, हल खुल्दा के खुशी छैनन् स्टार ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १५:१५

मंगलबार चलचित्र विकास बोर्डमा आयोजना भएको एक कार्यक्रममा कलाकारको रुपमा नायक भुवन केसी मात्र सहभागी भए । चलचित्र विकास बोर्डका अध्यक्षदेखि चलचित्र कलाकार संघका अध्यक्षसम्मले अधिकांश चलचित्रकर्मीलाई कार्यक्रममा आउनका लागि आग्रह गरे । तर, नायक भुवन केसीसँगै चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधी मात्र कार्यक्रममा पुगे ।

असोज २१ अर्थात बिहिबारबाट देशभरका हल संचालनमा ल्याउने तयारी प्रदर्शकहरुको छ । तर, हल खुल्न लागेको बिषयमा जानकारी दिन कुनै पनि कलाकारले थोरै पनि शब्द नखर्चिएको भन्दै चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले असन्तुष्टी जनाए । उनले भने–‘हामी यहाँ एक रथका दुई पांग्राको कुरा गर्छौ । नङ र मासुको सम्बन्धको कुरा गर्छौ । तर, हल खुल्दा खै त कलाकारहरुको साथ ? किन बोलेका छैनन् कलाकार ?’

एउटा कुरा स्पष्ट के हो भने, हलमा चलचित्र चलेको आधारमा नै कलाकारको स्टारडम र क्रेजको मापन हुन्छ । हल नै नहुने हो भने कलाकारको कलाकारिता पनि मर्छ । तर, निषेधाज्ञापछि हल खोल्ने प्रशासनको निर्णय होस् या असोज २१ गतेबाट हल खोल्ने चलचित्रसँग सम्बन्धित संघसंस्थाको निर्णय नै किन नहोस्, कलाकारले चुईक्क बोल्न पनि आवश्यक ठानेका छैनन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयरामा दाहालले पनि यो बिषयमा असन्तुष्टी जनाए । उनले भने–‘आज यो हलमा भुवन केसी बाहेक कोही पनि कलाकार उपस्थित छैनन् । यसले मेरो मन अमिलो बनाएको छ । धेरै चलचित्रकर्मी एकसाथ जम्मा हुन पाएको भए यसले आवजा बुलन्द बनाउन मद्दत पुग्ने थियो । हामी चलचित्रकर्मीको आवाज नै सबैको आवाज हो । तर, यो बिषयमा कलाकारहरु बोलेको सुनिएको छैन ।’

बोर्ड अध्यक्ष, चलचित्र संघका अध्यक्ष मात्र होइन अन्य चलचित्रकर्मीले पनि कलाकारहरुलाई हल खुलेकोमा किन खुशी नलागेको हो भनेर प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?