+
+

दशैंमा यसवर्ष तलेजुभित्र सामान्य पूजा मात्र गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १६:२७

१९ असोज, भक्तपुर। भक्तपुर दरबार क्षेत्रमा रहेको तलेजु परिसरमा यसवर्षको दशैंमा सामान्‍य पूजा मात्र गरिने भएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, भक्तपुरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजका पुजारीहरुको उपस्थितिमा यस वर्षको दशैंमा तलेजुभित्र सामान्‍य पूजा मात्र हुने नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

बैठकमा नगर प्रमुख प्रजापतिले कोभिडको संक्रमण घट्दै गए पनि जोखिममुक्त भइनसकेको अवस्थामा यसवर्षको दशैं सुरक्षित रुपमा मनाउने निर्णय भएको बताए । उनले भने, ‘दशैंमा शान्ति सुरक्षाको व्यवस्थापन चुनौतीपूर्ण छ । तर कोरोनालाई मध्‍यनजर गर्दै यस वर्षको दशैं सामान्य रुपमा मनाउने र भक्तपुर तलेजुभित्र हुने सबै पूजामा बली नदिइ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई पुजारीहरु नित्‍य पूजा मात्र गर्ने व्यवस्था गर्ने निर्णय गरेका छौं।’

बैठकले घटस्थापनादेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरुलगायत धार्मिक स्थलहरुमा हुने मेला, पूजा र नवरातहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दूरी कायम गरी कोभिड १९ रोगको संक्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरबासीहरुलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?