+
+

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, प्रहरी हबल्दार घाइते

रासस रासस
२०७८ असोज १९ गते १७:५९

१९ असोज, भक्तपुर। अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार तीव्र गतिमा आएको ना ३२ प ६६७३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा ठोक्किएर दुर्घटना हुँदा पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भई हाल भक्तपुर नपा–१० कमलविनायक बस्ने ३० वर्षीय लोकनाथ ठाकुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार वीरगञ्ज महानगरपालिका–२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हबल्दार सियाराम सिंह घाइते भएका छन् । घाइते उनलाई गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार हुन नसकेपछि आजै केएमसी अस्पताल सिनामङ्गल पठाइएको छ । तर त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?