+
+

विराटनगर नाकाबाट मानव अङ्गसहित दुईजना पक्राउ

हरि अधिकारी हरि अधिकारी
२०७८ असोज २० गते १२:५९

२० असोज, विराटनगर । नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट प्रहरीले मानव अंग बरामद गरेको दावी गरेको छ । भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।

बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले सोमबार राति भ्यानबाट शंकास्पद वस्तु फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ती वस्तु मानिसको खप्पर र हातखुट्टाको हड्डी रहेको प्रहरीले निश्कर्ष निकालेको छ ।

रातको समयमा भारतको जोगवनीबाट को २ च ९६४८ नम्बरको मारुती भ्यान ती सामग्री बरामद भएको थियो । कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान गरेपनि वन्यजन्तु विज्ञ र चिकित्सकले मानव अङ्ग भएको बताएका थिए ।

प्रहरीले भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भेनमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले सामान काठमाडौंँँ लैजाने तयारी रहेको बयान दिएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले घटनाको अनुसन्धान भइरहेको बताए । ती वस्तु कता लैजान खोजिएको भन्ने नखुलेको उनले बताए । पक्राउ परेकाहरु भरिया रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ । उनीहरुले काठमाडौंँसम्म लैजाने वयान दिएपनि के मा प्रयोग हुन्छ भन्ने खुलाएका छैनन् ।

मानव हड्डीको प्रयोग धामी–झाक्रीले बेला बेला प्रयोग गर्छन् । तर ठूलो परिणाम भेटिएकाले प्रहरीले चीततर्फ तस्करी गर्न खोजेको बताएको छ । प्रहरी उपरीक्षक जिसीका अनुसार विगतमा चीनतर्फ यस्ता सामग्री तस्करी भएको थियो । जिसीले विस्तृत अनुसन्धान सकिएपछि थप विषय खुल्ने बताए ।

मान्छे मरेपछि आआफ्नो जातीय रीतिरिवाजअनुसार दाहसंस्कार गर्दा शवलाई जलाउने र जमिनमा गाड्ने गरिन्छ । शव गाडेको चिहान खोतलेर मानव खप्पर र हड्डी सङ्कलन गरेको हुनसक्ने प्रहरीले बताएको छ । यसरी संंकलन गरिएका सामग्री किन र केका लागि तस्करी हुन्छ भन्ने खुलेको छैन ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?