+
+

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक, कति पर्छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १३:५९

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसन नेपाल प्रालिले एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन् ।

कम्पनीका अनुसार नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनबाट सञ्चालित रहेको छ, जसले ११४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभी मध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन आफ्ना ठूला एसयूभी गाडीहरुको लागि विश्वमै लोकप्रिय रहेको भन्दै कम्पनीले एसयूभी ‘टाइगुन’ सार्वजनिक भएपछि कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ ।

फक्सवागन टाइगुनको शुरुवाती भेरियन्ट कम्फर्टलाइनको मूल्य सिमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरियन्ट मध्ये बाँकी दुई भेरियन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

उत्तर अमेरिकी जंगल ‘टाइगा’ बाट ‘टाइगुन’ नाम राखिएको कम्पनीले बताएको छ । भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी विशेष रुपमा टाइगुनको डिजाइन गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्यूबी एओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको हो । यसले विश्वभर प्रचलित फक्सवागनका सबै मोडलमा उपलब्ध टिकाउपन र गुणस्तरलाई टाइगुनमा समेत प्रयोगमा ल्याएको छ ।

कम मूल्यमा ४० भन्दा बढी सुरक्षात्मक संयन्त्र सहितको फक्सवागनका फन–टु–ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्ने कुरामा कम्पनी विश्वस्त छ । फक्सवागनले पहिले देखि नै उपलब्ध गराइरहेका यो भन्दा ठूला कार टिगुआन र ट्वारेगमा प्रयोग गरिएको ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज यसमा पनि प्रयोग गरिएको छ । सिटी, हाइवे वा अफरोड जस्तोसुकै अवस्थामा पनि बेस्ट ड्राइभिङ अनुभव चाहनेहरुका लागि टाइगुन लक्षित छ ।

फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइन सहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ । अघिल्लो भागमा भएको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ हेडलाइट (डीआरएल्स) सँग पूर्ण रुपमा एकीकृत गरिएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्विलबेस भएका कारण नेपाली सडकका लागि पूर्ण रुपमा फिट छ ।

इन्टेरियर डिजाइन पनि मोडर्न र फ्रेस रहेको र ड्युअल टोन ड्यासबोर्डले कारको प्रिमियम अपिललाई अझै बढाएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । यसमा १० इन्च इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलईडी टेललाइट लगायतका विभिन्न अत्याधुनिक फिचर पाउन सकिन्छ ।

पत्रकार सम्मेलनमा पुजा इन्टरनेसनल नेपाल प्रालिका सीईओ विवेक बिजुक्छेले भने, ‘फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ ।’

कम्पनीनका अनुसार टायर प्रेसर डिफ्लेसन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्टस आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर हुन् । त्यसैगरी मल्टी–कोलिजन ब्रेक, मजवुत स्टिल स्ट्रक्चर वडी, ६ वटा सम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् ।

फक्सवागनमा प्र्रसिद्घ टीएसआई इन्जिन प्रविधि ब्रान्डकै पायोनियरिङ प्रविधि भएको कम्पनीले बताएको छ । यस इन्जिनको विशेषता भन्नु नै परम्परागत पुरानो इन्जिन भन्दा कम सीसीबाट नै अत्धाधिक पावर एक्सिलरेसन र माइलेज दिने हो ।

हलका इन्जिन साइज र थोरै आरपीएम ब्यान्डमा उच्च टर्क प्रदान गर्ने हुदा टाइगुन चलाउदा ग्राहकहरुले फन टु ड्राइभ अनुभव प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

सीईओ बिजुक्छेले अगाडि भने, ‘युरोपेली र चाइनिज बजारमा धेरै नै फ्यान भएका फक्सवागनको लोकप्रिय एसयूभी टी–क्रसलाई आधार मानेर नयाँ एसयूभी टाइगुन उत्पादन गरिएको छ । यसमा टी–क्रसमा भएका सवै विशेष फिचर समावेश गरिएका छन् । यो पावर, पर्फमेन्स, सेफ्टी र कम्फर्टमा कुनै पनि सम्झौता नगरिएको ‘ट्राइड एन्ड टेस्टेड भेहीकल’ बनेको छ ।’

कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने भएको छ । प्रथम वर्ष कम्पनीले नेपालमा करीब १००० वटा टाइगुन बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ ।

टाइगुन मेला

यो दशैं पर्वलाई लक्षित गरी पुजा इन्टरनेसन नेपाल प्रालिले वान दरवार महल दरवारमार्गमा आगामी तिहार सम्मका लागि टाइगुन मेला लाग्ने भएको छ । जसमा ग्राहाकहरुले सजिलै उत्त गाडीको टेष्ट ड्राइभ गर्न सकिने र विभिन्न उपहारहरु जस्तै बीएमडब्ल्यु, सुजुकी स्कुटी र सामसुङ मोबाइल जित्न सक्ने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?