+
+

स्पोर्ट्स क्यासल फुटसल लिगको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १४:४०
फाइल तस्वीर

२० असोज, पोखरा । स्पोर्ट्स क्यासल, पोखरा फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा राइजिङ कप धरानलाई ६–८ ले हराउँदै पोखरेली क्लब उपाधि नजिक पुगेको हो ।

खेलको अन्तिम ७ मिनेट बाँकी रहँदा राइजिङ क्लब धरान ६–४ को अवस्थामा थियो । तर उत्कृष्ट प्रदर्शन गरेको स्पोर्ट्स क्यासलले मुस्किलले दुई मिनेट बाँकी रहँदा खेल ६–६ को अवस्थामा पुर्‍यायो ।

खेल अतिरिक्त समयतर्फ धकेलिने अनुमान थियो । तर स्पोर्टस क्यासलले अन्तिम मिनेटमा लगातार दुई गोल गर्दै खेल ८–६ ले आफ्नो पक्षमा पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?